हाम्रो बारेमा

सार्वजनिक क्षेत्रसँग सम्बन्धीत निकायहरुले तालिम दिने संस्थाहरुलाई छरिएर राखेको विगतको अवस्था देखिन्छ । एकीकृत राज्य व्यवस्थादेखि नै उच्च स्तरीय प्रशासन सुधार सुझाव आयोगका प्रतिवेदनहरुले विभिन्न विषयगत तालिम निकायहरुलाई एकीकृत गरी एक सुविधा सम्पन्न छाता मानव संशाधन केन्द्र बनाउने सम्बन्धमा सुझाव दिएको सामाग्रीहरुबाट उदृत हुन्छ । शासन संरचनामा परिवर्तन भइरहेको परिदृश्यमा कर्णाली प्रदेश सरकार र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, नेपालको संयुक्त पहलमा त्यस्तो सुझाव कार्यान्वयनका लागि प्रादेशिक संगठन र व्यवस्थापन (Organization & Management) सर्वेक्षणमा यो परिवर्तनको अवसर उठाई सामाजिक विकास मन्त्रालय मातहतका तालिम, सीप तथा दक्षता सम्बन्धी निकायहरुलाई एकीकृत गरी छाता निकायको रुपमा मानव संशाधन विकास केन्द्रको स्थापना भएको हो ।
शिक्षक र स्वास्थ्यकर्मी सम्बन्धी तालिमको आवश्यकता पहिचान देखि तालिमका मोड्युल डिजाइन तयारी, सिफारिस, कार्यान्वयन, अनुगमन, अनुसन्धान र प्रगतिको अभिलेखिकरण सम्मका कार्यहरु सम्पादन गर्ने आशा र भरोसाका साथ केन्द्र अगाडि बढेको छ । त्यसै गरी समृद्धिका लागि स्वरोजगारीको मर्मलाई हृदयंग गर्दै लामो र छोटो अवधिका व्यवसायिक सीपमूलक कक्षाहरुको माध्यमबाट उत्पादनमूखी रोजगारीलाई जोड्ने अभिलाशा केन्द्रले लिएको छ ।
कर्णाली प्रदेश सरकारले आफ्नो बार्षिक कार्यक्रम तथा बजेटमा समेत व्यवस्था प्रतिवद्धता गरेको यस छाता निकायको स्थापना वि स २०७६ असोज ९ गते कर्णाली प्रदेश सरकारका माननीय मन्त्री दल रावल ज्यूबाट भएको हो ।

हाम्रो सीमित क्षमताको बाबजुद पनि, हामी कर्णाली प्रदेश अन्तर्गतका शिक्षक सेवा, स्वास्थ्य सेवा प्रशिक्षण कार्यक्रमहरूको लागि प्रेरणा प्रशिक्षण प्रदान गर्दै जाने अपेक्षा राखेका छौं ।

हामी हाम्रो प्रतिबद्धताहरूको प्रभावकारी वितरण सुनिश्चित गर्नका लागि प्राथमिकता क्षेत्र हुन तालिम प्रकृया सुधारहरूमा विश्वास गर्दछौं । जसका लागि हामीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको प्रशिक्षण हल र आवासीय सुविधाहरूको नवीकरण गर्ने वचनबद्धता गर्दछौं । सूचना व्यवस्थापनमा आधारित तालिम कार्यक्रम कार्यान्वयनका लागि कम्प्युटर प्रयोगशाला स्थापना गरी विभिन्न चरणका कार्यशाला समेत सञ्चालन गरि सकेका छौं । तालिमबाट प्रशिक्षित जनशक्ति तथा तालिम आवश्यकता माग आकलन गर्नका लागि तालिम व्यवस्थापन सूचना प्रणाली/मानव संसाधन सूचना प्रणाली (HRIS), विकास गर्ने बाटोमा छौं।
यी सबै पहलहरू साकार पार्नका लागि केन्द्रका सबै कर्मचारीहरूको समर्पण र प्रतिबद्धता, प्रदेश सरकारको समर्थन, साझेदार निकाय र शुभचिन्तकहरूको साथ हुनेछ भन्नेमा आशावादी छौं ।
अन्तमा, म सबै कर्मचारीको कडा परिश्रम र समर्पणको कदर गर्दछु र प्रदेश सरकार, साझेदारहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरू, र अन्य सरोकारवालाहरूलाई हाम्रो प्रयासमा समर्थनका लागि हार्दिक धन्यवाद दिन्छु र आगामी दिनमा सहयोग र समर्थनमा बढोत्तरी हुनेमा विश्वस्त भएको छु । यस्तो घडीमा तपाईहरुबाट प्राप्त हुने सुझाव र सल्लाह बहुमूल्य हुने हुँदा त्यसतर्फ पनि विनम्रतापूर्वक अनुरोध गर्दछु । म विश्वस्त छु कि यही उत्साहका साथ हामी HRDC लाई "एक उत्कृष्टता केन्द्र" बनाउँदछौं ।