परिचय

नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन व्यवस्था अवलम्बन गरेपछि साविक संचालनमा रहेका प्रदेश अन्तर्गत हस्तान्तरण भएका स्वास्थ्य तालिम केन्द्र सुर्खेत, प्राथमिक शिक्षक तालिम केन्द्र सुर्खेत र व्यावसायीक सीप विकास तालिम केन्द्र जुम्लालाई एकिकृत गरी सामाजिक विकास मन्त्रालय मातहतमा रहने गरी मानव संसाधन विकास केन्द्रको वि.सं. 2076 भदौ 6 गते कर्णाली प्रदेश सभाको निर्णय अनुसार 2076 साल असोज 9 गते विधिवतरुपमा स्थापना भएको हो। प्रदेशका स्वास्थ्यकर्मी एवम शिक्षासम्वद्ध कर्मचारी, शिक्षकको क्षमता अभिवृद्धि गर्ने हेतुले स्वास्थ्य तालिम केन्द्र सुर्खेत, शिक्षा तालिम केन्द्र सुर्खेत, व्यवसायिक तालिम केन्द्र जुम्ला, तीनवटा तालिम केन्द्र एकिकृत गरी यस केन्द्रको स्थापना गरिएको हो।यस कार्यालय कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित छ।कर्णाली प्रदेशमा दक्ष, सक्षम एवम् प्रतिस्पर्धी मानव संसाधन तयार पारेर प्रदेशको समग्र सामाजिक-आर्थीक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ यसको स्थापना गरिएको हो।मावन संसाधन विकासको लागि तालिम आवश्यकता पहिचान, तालिम मोड्युल विकास, कार्यक्रम कार्यान्वय तथा प्रगति अभिलेखीकरण जस्ता गतिविधिहरु यस केन्द्रद्वारा सञ्चालन हुदै आएका छन् ।

विभिन्न तालिम दिने संस्थाहरूलाई एकीकृत गरी छाता संस्थाको रूपमा यस केन्द्रको स्थापना गरिएको हुनाले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा जनशक्तिको सीप, दक्षता र पेशागत क्षमता अभिवृद्धि गर्न तालिम, अनुसन्धान, कार्यक्रम सञ्चालन तथा अनुगमन जस्ता कार्यहरू गर्दछ।

नेपालमा संघीय शासन प्रणाली लागू भएपछि प्रदेशस्तरमा दक्ष र सक्षम जनशक्ति तयार गर्ने आवश्यकता बढेको थियो। कर्णाली प्रदेश भौगोलिक रूपमा विकट र विकासका दृष्टिले पछाडि परेको क्षेत्र भएकाले यहाँ कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी तथा युवाहरूको क्षमता अभिवृद्धि गर्न विशेष संस्था आवश्यक थियो।यही आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न तालिम निकायलाई समेटेर मानव संसाधन विकास केन्द्र स्थापना गरिएको हो। यसले प्रदेशस्तरमा मानव संसाधन विकासका कार्यक्रमलाई समन्वय र व्यवस्थित रूपमा सञ्चालन गर्छ।